झापा । 

झापाको भद्रपुर नगरपालिका वडा नं.५ स्थित नयाँ बजार र मेची पुलबाट लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बलको बिओपी.भद्रपुरको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका–९ का २६ बर्षिय प्रकाश खुलाल र बझाङ सुर्मा गाउँपालिका–३ २२ बर्षिय संजय बोहरा रहेका छन् । उनीहरुको साथबाट Nitrazepam tablet IP  ३० पत्ता ( ४५० ट्याबलेट ), Tramadol २ पत्ता ( १६ क्याप्सुल ) मरामद भएको प्रहरीले जनाएको छ । 

त्यस्तै झापा बिर्तामोड– ९ गरामनी बस्ने धनसिंह राजवंशी र बिर्तामो–८ बस्ने रोशन शिवाको साथबाट डाईजेपाम ३६ एम्पुल, फेनारगन २९ एम्पुल, लुपिजेसिक ३७ एम्पुल मरामद भएको जनाइएको छ ।

उनीहरुबाट लागूऔषध बरामद नियन्त्रणमा लिएर झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।