झापा ।
झापाको अर्जुनधारा नगरपालिका वडा नं. ११ स्थित पूर्ब पश्चिम सडक खण्डबाट लागू औषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भद्रपुर–१ का अटो चालक २३ बर्षिय सुमन मिश्र, अटोमा सवार सोही स्थानका २७ बर्षिय युगल खत्री र २४ बर्षिय शंकर लिम्बु नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखी झापा जिल्ला अदालतबाट आज दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अर्जुनधारा –११ स्थित पूर्व पश्चिम सडक खण्डको अस्थायी प्रहरी बिट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुलाई अटोसहित पक्राउ गरेको हो ।
पूर्वबाट पश्चिम आउदै गरेको प्रदेश १–०१–००२ ह १०१ न. को अटो ट्याम्पुलाई शंका लागि चेकजाँच गर्ने क्रममा अटो चालकको सिट मुनि लुकाएर राखेका प्रतिबन्धित लागू औषध लुपिजेसिक २०० एम्पुल, एबट २०० एम्पुल, डाईजेपाम २०० एम्पुल र नाईट्राभेट ३०० ट्याब्लेटसहित अटो र अटो चालकलाई पक्राउ गरिएको हो ।