अर्जुनधारा। 

झापाको अर्जुनधारा नगरपालिकाले तीन जना जग्गादातालाई सम्मान गरेको छ । अर्जुनधारा–९ नम्बर वडा कार्यालय र शनिश्चरे अस्पतालको भवन निर्माणका लागि निशुल्क रुपमा जग्गा उलपब्ध गराउने तीन जनालाई बुधबार सम्मान गरेको नगर प्रमुख हरि कुमार रानाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा पूर्व स्वास्थ राज्यमन्त्री धर्मशीला चापागाँईले जग्गादातालाई सम्मान–पत्रसहित सम्मान सम्मान गरेकी हुन् । 

वडा कार्यालय र शनिश्चरे अस्पताल निर्माणार्थ स्थानीय मित्रबहादुर खड्का, अग्नीप्रसाद संगौला, खेमप्रसाद बराल, चुडामणी बराल, पारसमणी बराल, कृष्णप्रसाद बरालले जग्गाा उपलब्ध गराएका थिए ।

 खड्काले २  कठ्ठा, संगौलाले १  कठ्ठा जग्गा वडा कार्यालय निर्माणका लागि उपलब्ध गराएका थिए भने शनिश्चरे अस्पताल  निर्माणका लागि बराल परिवारले १ बिघा ५ धुर  जग्गा उपलब्ध गराएका थिए । वडाको समग्र विकास बारे वडाध्यक्ष पुष्पकुमार प्रसाईले  विवरण सार्वजनिक गरेका थिए ।

कार्यक्रममा स्थानीय राजनीतिक दलका तर्फबाट नेकपा एमाले, नेपाली कांग्रेस, माओवादीसहित अन्य दलहरुले शुभकामना मन्तव्य राखेका थिए ।  स्वागत नगर उप–प्रमुख कमला आचार्यले गरेको कार्यक्रमलाई सञ्चालनमा वडा सचिव  मुना नीरौलाले  गरेकी थिइन् ।