मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–४ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिराटनगर–३ का ७५ बर्षीय ईश्वरी पोखरेल रहेका छन् ।
हिजो बिहान साढे ५ बजे दक्षिणबाट उत्तरतर्फ जादै गरेको प्रदेश १–०२–००२ च ५०५७ नम्बरको पिकअपले बाटोमा हिडीरहेका पोखरेललाई ठक्कर दिदा घाईते भएका पोखरेलको आर्या अस्पताल कञ्चनबारीमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाका बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।