बिर्तामोड । 

बिर्तामोडमा अग्नि नियन्त्रण सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजना तथा डिएचएसएससुरक्षा प्रालि भरतपुरको सह–आयोजनामा नगरपालिकामा सोमबार कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा प्रालिका प्रमुख छवि सापकोटाले आगलागी र त्यसको नियन्त्रणका लागि गर्नु पर्ने उपायका बारेमा प्रशिक्षणदिएका थिए । प्रशिक्षक सापकोटाले आगो नियन्त्रणका लागि प्रयोग हुने उपकरणको प्रयोग, आगोलागीको समयमा गर्न हुने र नहुने कार्यहरुको बारेमा समेत जानकारीगराएका थिए । 

 नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छबि रिजाल,  बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोदकुमार न्यौपाने, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणि पोख्रेल, नयाँ श्रीनाथ गण चारआलीका सेनानी अभिषेक बिष्ट, सशस्त्र प्रहरी बल झापाका प्रमुख प्रदिप सिंह कार्की, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सन्तोष आचार्य, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागाई, जनप्रतिनिधि, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी मेघराज बाँस्तोलाले गरेका थिए ।