विर्तामोड ।
सामाजिक न्याय, हिंसा न्युनीकरण एवं समाज रुपान्तरणका लागि क्रियाशील सामाजिक संस्था मेची–महाकाली संयुक्त बुहारी आवाज झापाले प्रजातान्त्रिक आन्दोलनकी अग्रणी योद्धा झापा चन्द्रगढीकी हर्षकुमारी थपलियालाई सम्मान गरेको छ ।
११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चन्द्रगढीस्थित उनको घरमै पुगेर संस्थाले दोसल्ला, सम्मान पत्र र नगद ११ हजार एक सय १५ रुपैयाँसहित थपलियालाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष शिखा खड्का गणेश, कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेस झापाका सदस्य रमेश पोखरेल, प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, राप्रपा नेपालकी नेतृ एवं आयोजक संस्थाकी सल्लाहकार राधा कार्कीसहित बुहारीहरुको समूहले थपलियालाई सम्मान गरेको हो ।
झापा अध्यक्ष शिखा खड्का गणेशको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिमा अधिकारीले स्वागत एवं र विता थापाले सञ्चालनगरेकी थिइन् । यमु शर्मा सुब्बा र चन्द्रा काफ्लेले नेतृत्व गरेको बुहारी आवाजमा हजारौं बुहारीहरु आबद्ध छन् ।