सुनसरी । 

सुनसरीको धरान उप–महानगरपालिका–१५ कृष्णापथमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुष्पाञ्जली मार्गका  ३५ बर्षीय मौसम प्रधान रहेका छन् ।

हिजो बेलुका ६ बजे  पदम बहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेण्ट लागेर  छतबाट भुइँमा लडेर घाइते भएका उनको उपचारको लागि घोपा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलीले घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।