• उद्धव पुरी 

हल्दीबारी । 

झापाको हल्दीवारी गाउँपालिका वडा नम्बर ४ ले वडामा विकास निर्माणसहित  चिनारीको रुपमा वडाको प्रोफाइल तयार गरी कार्यालयमा राखेका छ  । 

गाउँपालिकामा चिनारीको रुपमा प्रोफाइल तयार गर्ने पहिलो तथा एक मात्र वडा कार्यालय वडा नं. ४ भएको वडाअध्यक्ष होमप्रसाद चुडालले दावी गरेका छन् । 

वडाअध्यक्ष चुडालको कार्यालयमा रहेको वडाको चिनारीबाट कार्यालयमै वसेर वडाको सम्पूर्ण विवरण लिन सकिने पहिलो वडा हल्दीबारी ४ भएको छ । 

वडाको चिनारीको रुपमा तयार पारिएको प्रोफाइलमा :

वडाको चिनारीको रुपमा रहेको प्रोफाइलमा भौगोलिक/जनसंख्या बिवरण, सिमाना, सरकारी कार्यालय, बिद्यालयहरु, आन्तरिक हाटबजार, पर्यटकीय क्षेत्र, सामुदायिक बन उपभोक्ता समिति, जातजाती, बित्तिय संस्था/कृषि सहकारी, सामाजिक संस्था, मन्दीर, जातीगत विवरण, एकल बिद्यालय(संस्कार सम्बन्धि सिकाउने), कृतन मण्डली, क्लवहरु÷गैरसरकारी संस्था, साक्षरता/निरक्षण, जनप्रतिनिधिहरु, वडा सचिवहरु र वडाका कर्मचारीहरुको विवरण उल्लेख गरिएको छ । 

haldibari 41

बाटो तथा सडक : 

५ बर्षको अवधिमा वडामा भए गरेका विकास निर्माण कार्यहरु वडाअध्यक्ष चुडालका अनुसार बहुबर्षिय योजना अन्तरगत जसमान पथ मार्ग अढाई किलोमिटर ग्राभेल, ऐनाबारीदेखि मनिपुरेटोल अढाई किलोमिटर ग्रोभेल, चुडालचोकदेखि लाभरको बोटसम्म ३ किलोमिटर कालोपत्रे, मंगलवारेदेखि वडावारीसम्म ३ किलोमिटर ग्राभेल, वडाबारी(बडोसा) कन्चनश्री वडा ४ र ५ जोड्ने साढे ४ किलोमिटर कालोपत्रे, चारकोशे जङ्गल र आवादीमा ६० फिटे सडक ग्राभेल ५ किलोमिटर बाटो निर्माण कार्य भएको अध्यक्ष चुडालले जानकारी दिए । 

त्यस्तै ग्रामिण सडक सुधार सञ्जाल आयोजनामार्फत ६ किलोमिटर सडक कलोपत्रे, काजली, मंगलबारे, चुडालचोक, शान्तिचोक हुँदै  अधिकारीचोकसम्म कालेपत्रे सडक सम्पन्न भइसकेको छ ।  धनुषसम्म अढाई किलोमिटर सडक कालोपत्रे, तामाङ चोकदेखि जङ्गलसम्म २ किलोमिटर, चेङ्ग्राबन्दादेखि नेत्र मार्गसम्म २ किलोमिटर ग्राभेल, मंगलबार  पूर्व मछडझुलासम्म अढाई किलोमिटर  ग्राभेल, कुवेरबस्तीदेखि मंगलबारेसम्म ३ किलोमिटर, पुरानो मंगलबारेदेखि वडा नं. २ जोड्ने ३ किलोमिटर, धादरपाडादेखि शान्तिचोकसम्म अढाई किलोमिटरलगायतका बाटो ग्राभेल तथा कालोपत्रे भएको उनले बताए । 

पर्यटकीय क्षेत्र, बजार, बाटो मर्मत तथा सम्भार, विपन्नको घर निर्माण, सडकबत्ती, कल्र्भटलगायत निर्माण :

पाथिभरा कालिका सामुदायिक बन समितिमार्फत पाथीभरा पर्यटकीय सिमसार क्षेत्रमा ट्रष्ट र बिच निर्माण, मंगलबारे बजार सुधारका लागि ब्लक तथा टाली निर्माणधिन, वडामा १८ वटा कल्र्भट तथा पुल निर्माण, काजलीपुलको तटबन्धन, ऐना मन्दिरमा टाली र खोला तटबन्धनलगायतका काम भएको अध्यक्ष चुडालले बताएका छन् । 

३० किलोमिटर सडक मर्मत सम्भार, ह्युमपाइप खरिद तथा बितरण, अतिविपन्न घरवार विहिन ८ परिवारलाई घर निर्माणका लागि प्रत्येकलाई एकला ७५ हजार रुपैयाँका दरले रकम, अतिविपन्न ३० परिवारलाई ५० हजार रुपैयाँका दरले जस्तापाता वितरणलगायतका कार्य गरेको जनाइएको छ ।   सडकबत्ती जडान, पाथिभरा धार्मिक तथा पर्यटकीय क्षेत्रमा सिमसार क्षेत्र निर्माण सम्पन्न गरेको जनाइएको छ ।  

hhh

समावेशी विकास कार्यक्रम अन्तरगत :

वडामा भएको विकास निर्माणका कार्यक्रमहरुमा समावेशी विकास कार्यक्रम अन्तरगत पहिलो बर्ष शहिद दिवसका अवसरमा समावेशी समुदायका ३० जना र दोस्रो बर्ष ६० जनालाई सम्मान गरिएको वडा सचिव जयप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार विपन्न तथा आदिवासी, जनजाती, दलित, मधेशी, मुस्लिम समुदायका १२ जना युवालाई निःशुल्क ड्राइभिङ तालिम, समावेशी स्मारिका प्रकाशन, समावेशी महिला कानुनी परामर्श तथा घरेलु हिंसा सम्बन्धि चेतनामुलक कार्यक्रमलगायत गरेको छ । 

युवा तथा खेलकुद विकास :

युवा तथा खेलकुद विकास समिति अन्तरगत वडास्तरीय फुटवल प्रतियोगिता, खेल मैदान मर्मत सम्भार, पोल तथा नेट खरिद, फुटवल, जर्सी, बुट खरिद, स्टेश घर निर्माणलगायत गरेको जनाइएको छ । 

स्वास्थ्य तथा खानेपानी :

महिला विकास समिति अन्तरगत कोरोना भाइरस सम्बन्धी चेतनामुलक कार्यक्रम आयोजना गरिएको वडाअध्यक्ष चुडालले बताए । त्यस्तै वडाका अतिविपन्न मुटुरोगी, मृगौलारोगी, क्यान्सरलगायतका एकसय २० जना रोगीलाई उपचारका लागि १० देखि २० हजार रुपैयाँका दरले रकम प्रदान गरेको उनले बताए । कोरोना महामारीको समयमा ४ सय ७५ कोरोना विरामीलाई घरपरिवारलाई अक्सिमिटर, थर्ममिटर, औषधी साथै गरिव तथा अतिविपन्नलाई खाद्यन्न तथा राहत वितरण, वडाको स्वास्थ्य चौकीमा  ल्याव सेन्टर र बर्थिङ सेन्टर सञ्चालन, वडाका ८५ प्रतिशत जनताको घरघरमास्वच्छ खानेपानीको ब्यवस्था गरेको अध्यक्ष चुडालले जानकारी दिए । 

शिक्षा :

बिद्यालयमा शिक्षाको स्तरउन्नतीका लागि विभिन्न शिक्षा सुधार कार्यक्रमसमेत आयोजना गरिएको जनाइएको छ । 

तालिम तथा प्राविधिक तालिम :

त्यस्तै  वडाले सिटीभिटीको भेटनरी, प्लम्बर, इलेक्टीसियनलगायत ५ वटा प्राविधिक निःशुल्क तालिम ४२ जनालाई पठाएको, महिला विकास कार्यक्रम अन्तरगत विपन्न तथा अतिविपन्नलाई सिलाई–कटाईमा ६० जना र डिजाइनिङमा ३५ जनालाई   आधारभूत तालिम प्रदान गरेको अध्यक्ष चुडालले बताए । 

कृषि : 

कृषि कार्यक्रम अन्तरगत एकसय ३५ किसान परिवारको माटो परिक्षण र कृषि चुन वितरण, बाख्राको विउ बोका (बोयर) ६ वटा वितरण, बाख्रा पालक किसानलाई खोर व्यवस्थापनका लागि अनुदान, शब्जी खेती प्रोत्साहन अनुदान, कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरणलगायतका कार्यक्रम गरेको जनाइएको छ । 

किसानको जीवनस्तर उकास्न ४ सय ५० परिवारलाई कुटी काट्ने इलेक्ट्रोनिक्स मेशिन, इलेक्ट्रीक स्प्रे ट्याङ्की, मकै छोडाउने  मेशिन, मकै रोप्ने मेशिन, फोहोर फ्याक्ने पुस्करलगायत वितरण गरिएको अध्यक्ष चुडालले जानकारी दिए ।