बिर्तामोड । 

बिर्तामोड नगरपालिकाले एक संस्थागतसहित १० जना श्रमिक महिलालाई सम्मान गरेको छ । ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिर्ताबजारमा शुभकामना तथा महिला सम्मान कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले विभिन्न विधागतरुपमा श्रमिकहरुलाई सम्मान गरेको हो ।

 सम्मानित हुनेहरुमा वडा नम्बर १ कि वेदकुमारी कुमाल, वडा नम्बर २ को पुर्वेली महिला नौमती बाजा समुह, वडा नम्बर ३ कि प्रतिभा राजवंशी, वडा नम्बर ४ कि थिरादेवि भट्टराई अधिकारी,

वडा नम्बर ५ कि मंगलमाया केरुङ्ग, वडा नम्बर ६ कि फुलमति करुवा, वडा नम्बर ७ कि गीता चौधरी, वडा नम्बर ८ कि लिला राजवंशी, वडा नम्बर ९ कि सुरजमुनि टुडु र वडा नम्बर १० कि वुद्वीमाया किस्कु रहेका छन् । 

सम्मानित हुनेहरुलाई नगर उपप्रमुख पवित्रा महतारा प्रसाई र वडा नम्बर ४का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले अबिर तथा माला लगाएर मायाको चिनोसहित सम्मान पत्र प्रदान गरेका थिए । 

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्य तथा उपप्रमुख पवित्रा महातारा प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने, वडा नम्बर ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, एविसि नेपाल झापाकी अध्यक्ष कञ्चना सिटौला, महिला मुक्ति अभियानकि अध्यक्ष राधा सुव्वा, तिलरुपा श्रेष्ठलगायतले महिला हक अधिकार र वर्तमान अवस्थाको बारेमा आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए  ।

स्वागत वडा नम्बर ६ कि वडा सदस्य पवित्रा ढुङ्गानाले गरेको कार्यक्रमको सञ्चालन  नगरकि कर्मचारी गोमा पोख्रेलले गरेकी थिइन् ।