बिर्तामोड  । 

नारी दिवसको अवसरमा नारी संचार गृह भापाको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं ९ को सहयोगमा महिला हिंसा बिरुद्धको तीन दिने तालिम आइतबार सम्पन्न भएको छ ।

नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षता तथा १ नं. प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा तालिम सम्पन्न भएको हो ।   

कार्यक्रममा नेबिर्तामोड वडा नं ९ का वडा अध्यक्ष पवित्रा पाठक, पाल प्रेस युनियन भापा अध्यक्ष तथा नारी संचार गृह भापाकी सल्लाहार ईन्दु पूर्वेली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष सावित्रा दाहाल, निवर्तमान अध्यक्ष अम्बिका भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

बिर्तामोड वडा नं ९ का विभिन्न टोल विकास समितिका ४५ जना महिलाहरु सहभागीता रहेको ३ दिने तालिममा संस्थाका अध्यक्ष शिवाकोटी, नेपाल पत्रकार महासंघ भापाका उपाध्यक्ष केशव भट्टराई र नारी संचार गृहकी सल्लहाकार तथा रेडियो बिराटकी प्रबन्ध निर्देशक लिला अनमोलले सहजीकरण गरेका थिए ।

संस्थाका उपाध्यक्ष रेजिना गौतमले स्वागत गरेको कार्यक्रमको संचालन जोस्ना श्रेष्ठले गरेको सदस्य सुनिरा मैनालीले जानकारी दिइन् ।