झापा ।
वन पैदावर ओसारपचार मुद्दामा संलग्न एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरी कारागर पठाएको छ । गत फागुन १७ गते इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले वन पैदावार ओसारपसार मुद्दा शिर्षकमा फरार रहेका अर्जुनधारा–७ का ३८ बर्षिय गजेन्द्र राईलाई झापा जिल्ला अदालतले चन्द्रगढी कारागार पठाउने पत्र अनुसार जिल्ला प्रहरी कार्याल झापा लगिएको हो ।
नियन्त्रणमा रहेका राईलाई आइतवार (आज) फैसला कार्यान्वयन लागि कारागार पठाउने अदालतले आदेश दिएको प्रहरीले जनाएको छ । राईलाई एक बर्ष कैद तथा २९ हजार ६ सय रुपैयाँ जरिवाना तोकिएको थियो ।
राई ९ दिन न्यायिक हिरासतमा बसेको र जरिवाना असुल उपर भइसकेको प्रहरीले जनाएको छ ।