ओखलढुङ्गा । 

ओखलढुंगाको सिद्दिचरण नगरपालिका–५ सिस्नेखोला स्थित रुम्जाटार ओखलढुंगा भित्री सडक खण्डको माम्खामा दुर्घटना हुँदा  एक जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।

 मृत्यु हुनेमा ओखलढुङ्गा  चिसंखुगढी गाउँपालिका –३ दियालेकी ३८  बर्षीया कुमारी श्रेष्ठ रहेकी छिन्। आज (आइतवार) ओखलढुंगा तर्फ आउदै गरेको प्रदेश १–०२–००१ ज ३८७५ नम्बरको बोलेरो अचानक सडकबाट २५ मिटर तल खसेर  दुर्घटना भएको थियो ।

दुर्घटनामा परी श्रेष्ठको घटनास्थलमै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढूङगाले जनाएको छ ।