माईजोगमाई । 

माईजोगमाई गाउँपालिका टिम गाउँपालिकाको बिकासको लागि कम्बर कसेर लागेको छ । आफ्नो पालिकाको बिकासको लागि  गाउँपालिकाको पर्यटकीय स्थलहरुको संरक्षण गर्न गाउँपालिका अध्यक्ष जीतबहादुर राई आफै लागि परेका छन् । 

माईजोगमाई गाउँपालिका वडा–६ प्याङमा रहेको डंग्युर ञिङमा पल्युल ओर्गेन लोङ्कुई लिङ गोन्पालाई गुम्बा निर्माणको लागि गाउँपालिका अध्यक्ष राईले आफ्नो ब्यक्तिगत तर्फबाट एक लाख चार हजार मूल्य बराबरको ईट्टा  हस्ताणतरण गरेका छन् । 

गुम्बा ब्यावस्थापन समितिले गुम्बा निर्माणको लागि ईटा पाएपछि खुसि ब्यक्त गरेको छ । कुनैपनि राजनैतिक प्रलोभन नदेखाई गुम्बाको निर्माण कार्यमा सहयोग पुगोस् भन्ने उदेश्यले गाउँपालिका अध्यक्ष राईले गुम्बालाई सहयोग गरेको जानकारी दिए । 

गाउँबासीको साथ सहयोग भएमा गाउँपालिकाको अन्य क्षेत्रहरुको बिकासमा आफू अहोरात्र खट्ने समेत अध्यक्ष  राईले बताएका छन् ।