बिर्तामोड ।
नारी सञ्चार गृह झापाको आयोजना र बिर्तामोड नगरपालिका वडा ९ को आर्थिक सहयोगमा महिलाको क्षमता अभिबृद्वि तथा महिला हिंसा विरूद्व कानूनी शिक्षा सम्बन्धि तीनदिने तालिम शुक्रवारबाट शुरू भएको छ ।
संस्थाका अध्यक्ष भिमा शिवाकोटीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ९ का वडाध्यक्ष पवित्रा पाठकको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पाठक नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । तालिमको पहिलोदिन कुनै पनि कार्यक्रम सञ्चालनका क्रममा अपनाउनु पर्ने प्राविधिक पक्षबारे सहभागीलाई जानकारी गराउँदै प्राक्टिकल गर्न लगाइएको थियो ।
स्वागत संस्थापक अध्यक्ष सावित्रा दाहालले गरेकी कार्यक्रमको सञ्चालन ज्योस्ना श्रेष्ठले गरेकी थिइन् । पहिलो दिनको तालिमको सहजीकरण भीमा शिवाकोटीले गरेकी थिइन् ।