बिराटनगर ।
सुनसरीको इटहरी उप–महानगरपालिका–६ स्थित रहेको अटो सिटी बजाज सोरुमले प्रहरीलाई बिधुतिय अटो हस्तान्तरण गरेको छ । आज (शुक्रवार) समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप सोरुमका प्रवन्धक प्रदिप सन्थालियाले ९ सिट क्षमता भएको एउटा बिधुतिय अटो १ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीलाई हस्तान्तरण गरेका हुन्।
उक्त इलेक्ट्रोनिक अटो इलाका प्रहरी कार्यलय इटहरीले प्रहरी गस्ति पेट्रोलिङ बढाई अपराधिक गतिविधि निस्तेज पारी समाजमा शान्ति सुरक्षा कायम राख्नको निमित्त प्रयोग गर्ने जनाइएको छ ।
उक्त कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक संजय सिंह थापा, १ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बासुदेव खतिवडा, बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, नागरिक समाज तथा स्थानिय समेतको उपस्थिति रहेको थियो ।