सुनसरी । 

सुनसरीको गढी गाउँपालिका–६ मा ट्रयाक्टरको ठक्करबाट एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी–६ का ७० बर्षीय हरीलाल मगरदैता रहेका छन् ।

हिजो राती ९ बजे प्रदेश १–०२–००३ त नम्वरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राज जानकी मंदिर परिषरमा बसीरहेको अवस्थामा ट्रयाक्टरको डालाले ठक्कर लागि घाईते भएका मगरदैताको उपचारको क्रममा बिराटनगर स्थित बिराटनर्सिङ होम अस्पतालमा मृत्यु भएको हो । 

सवारी दुर्घटना बिषयमा इलाका प्रहरी कार्यालय दुहबीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।