सूरुङ्गा ।
सुरुङगा जेसीजको सन् २०२२ को नेतृत्व सुस्मा न्यौपानेले सम्हालेपछि विभिन्न सामाजिक कामले तिब्रता पाएको छ। जेसीजले विपन्न नागरिकलाई न्यानो कपडा वितरण गर्दै सामाजिक कार्यलाई तिव्रता दिएको हो ।
कनकाई–७ स्थित एकान्त टोल स्थित मेयर आवासमा रहेका अति विपन्न वर्गका ३६ जना भन्दावढि न्यानो कपडा वितरण गरिएको संस्थाका महासचिव राजु पाठकले जानकारी दिए ।
अति विपन्न वर्गहरुका ३० जनाभन्दा बढी परिवारलाई ब्ल्याङकेट वितरण, जेसीजका सदस्यहरुको क्षमता विकासका लागि एक दिने क्षमता विकास तालिमलगायत गतिविधि गरेको अध्यक्ष न्यौपानेले बताइन् ।
जेसीजले सामाजिक कार्य अन्र्तगत अर्जुनधारा–१ स्थित श्री शंकराचार्य पीठ साधुटारको गौशालामा रहेका गाईहरुका लागि पाँच सय किलो चोकर, पिठो लगायतका सामग्री वितरण गरेको कार्यक्रमका संयोजक रोहित कोइरालाले जानकारी दिए ।
जेसीजले तालिम हलको समेत उदघाटन गरेको छ । प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री हिराकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तालिम हलको समेत उदघाटन गरिएको प्रेस संयोजक चन्द्र बस्नेतले जानकारी दिए । सुरुङगा जेसीजले आगामी दिनमा पनि सामाजिक कामलाई तिब्रता दिने योजनाका साथ कामलाई अघि बढाएको अध्यक्ष न्यौपानेले बताइन् ।