अर्जुनधारा। 

अर्जुनधारा नगरपालिका  पाँच जना जग्गादातालाई सम्मान गरेको छ । अर्जुनधारा–३ नम्बर वडा कार्यालय, स्वास्थ्य चैकी र शहरी स्वास्थ्य खोप केन्द्रको भवन निर्माणका लागि निःशुल्क रुपमा जग्गा प्रदान गराउने पाँच जनालाई सोमवार सम्मान गरिएको हो । 

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा प्रदेशसभा सदस्य बृख प्रधानले सोमवार जग्गादातालाई सम्मान गरेका हुन् । 

वडा कार्यालय भवन निर्माणाका लागि  स्थानीय स्व. खड्गबिक्रम नेम्बाङले १० कठ्ठा  जग्गा प्रदान गरेका थिए भने उनका छोरा खगेन्द्रबिक्रम नेम्बाङलाई सम्मान  गरिएको हो । 

त्यसैगरी स्वास्थ्य चौकी निर्माणका लागि दानेन्द्रबिक्रम नेम्बाङ र कमेन्द्र विक्रम नेम्बाङले  १४ धुर, त्यस्तै स्व. शेरबहादुर  जबेगु र महेन्द्र लुईटेल जवेगुले १४ धुर , स्व.भक्तबहादुर चौहान र प्रतकला चौहानले १४ धुर  जग्गा प्रदान गरेका थिए ।   शहरी स्वास्थ्य खोप केन्द्र निर्माणका लागि  सरस्वती राईले १३ घुर दिएकि थिइन् ।  यसैगरी कार्यक्रममा वडाको समग्र विकास बारे वडाध्यक्ष जीबकुमार भण्डारीले विवरण सार्वजनिक गरेका थिए । 

कार्यक्रममा स्थानीय राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादीसहित अन्य दलहरुले शुभकामना मन्तव्य राखेका थिए । स्वागत नगर उप–प्रमुख कमला खतिवडा गरेका कार्यक्रमको सञ्चालनमा वडासचिव खगेन्द्र इङनामले गरेका थिए।