झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नं. ६ बाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम माईजोगमाई गाउँपालिका वडा नं.–१ का २३ बर्षिय जोसेफ थापा रहेका छन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले उनलाई प्रतिबन्धित लागूऔषध ९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका थापालाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ब्राउनसुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ९ ग्रामसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
हिजो पक्राउ परेका थापालाई झापा जिल्ला अदालतको आदेश अनुसार उनलाई दिन ७ म्याद थप गरी कानुनी प्रकृया अगाडी बढाईएको तथा अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।