झापा । 

झापाको मेचीनगर नगरपालिका–५ स्थित मेचीखोला बगरबाट लागू औषधसहित दुई जना र  मेचीनगर–६ बाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर–३ का १९ बर्षीय अविषेक श्रेष्ठ, भारत दार्जेलिङ का २२ बर्षीय अनमोल प्रधान र इलाम माईजोगमाई–१ का २३ बर्षीय जोसेफ थापा रहेका छन् ।

हिजो दिँउसो मेची खोला बगरमा संकास्पद अवस्थामा भारतबाट पैदल हिड्दै नेपाल तर्फ आउँदै गरेका श्रेष्ठ र प्रधानलाई सिमा प्रहरी चौकी नकलबन्दाको  प्रहरी टोलीले चेक जाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर २५० मिलिग्राम र Windlas Winspasmo Fort  क्याप्सुल(२०४ पिस, NITROSUN10 १ पिस सहित बरामद भएको हो, भने इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले थापालाई ९ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । 

प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।