बिराटनगर ।

धनकुटाको पाख्रीबास नगरपालिका–६ स्थित भित्रि सडक खण्डमा हिजो राती पौने ८ बजे को. २ त ७११ नं. को ट्याक्टर ब्रेक फेल भई सडक साईडमा पल्टदा ट्याक्टरमा सवार रहेका पाख्रीवास–६ का ५२ बर्षीय बम बहादुर राई गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । 

यसैगरी राती साढे ११ बजे बिराटनगर महानगरपालिका–३ दुर्गा चोक स्थित भित्रि सडक खण्डमा को १४ प ९४५८ नम्वरको स्कुटी आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका स्कुटी चालक सप्तरी घर भई बिराटनगर(३ स्थितमा बस्दै आएका ३६ बर्षीय हरी भुजेलको उपचारको क्रममा नोवेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । 

सवारी दुर्घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।