अर्जुनधारा। 

झापाको अर्जुनधारा नगरपालिकाले  १२ जना जग्गादातालाई सम्मान गरेको छ। अर्जुनधारा–२  वडा कार्यालय, आधारभुत स्वास्थ्य केन्द्र साठिमुरे  र सहकाले खोप केन्द्रको भवन निर्माणका लागि निशुल्क रुपमा जग्गा उलपब्ध गराउने  १२ जनालाई सम्मान–पत्रसहित सम्मान गरेको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा संविधानसभा सदस्य भक्त खपाङ्गीले जग्गादातालाई सम्मान गरेका थिए । वडा कार्यालय भवन निर्माणाथ स्थानीय  रोमबहादुर पुलामीमगर र पदम बहादुर पुलामी मगरले ३ कठ्ठा र नैन सिंह पुवार मगरले १ कठ्ठा ५ धुर जग्गा दिएका हुन् ।

आधारभुत स्वास्थ्य केन्द्र साठिमुरेमा निर्माणार्थ जग्गादाता मानबहादुर समाल मगरले १० धुर, रोम समाल मगरले १० धुर, रत्नबहादुर समाल मगरले १० धुर, अनिल समाल मगरले ५ धुर, अमर समाल मगरले १० धुर, अशोक समाल मगरले ५ धुर, फेनकुमारी समाल मगरले १० धुर, अशोक कुमार समाल मगरले १० धुर जग्गा उपलब्ध गराएका थिए।

त्यस्तै सहकाले खोप केन्द्र निर्माणका लागि धनबहादुर  बस्नेतले १ कठ्ठा जग्गा उपलब्ध गराएका थिए । कार्यक्रममा वडाको समग्र विकास बारे वडाध्यक्ष रगुनाथ खनालले  विवरण सार्वजनिक गरेका थिए ।  नगर प्रमुख रानाको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख कमला खतिवडाले स्वागत गरेकी थिइन् ।

  कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गिता राई , स्थानीय राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वडा सदस्य खड्गमाया पराजुलीले गरेकी थिइन् ।