बिर्तामोड ।
बिर्तामोड नगरपालिका ८ हर्चनामा ढाका बुनाई तालिम शुरु भएको छ । जेष्ठ नागरिक चौतारीको भवनमा बिर्तामोड नगरपालिकाको गरिवि निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आइतबार देखि तालिम शुरु भएको हो ।
तालिमको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले व्यानर पढेर उद्घाटन गरेका हुन् । तालिममा २१ जना सहभागी छन् । ढाका कपडा बनाउनको लागि भुमि लिम्बुले प्रशिक्षण प्रदान गर्ने जनाइएको छ ।
यस्तै बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित गरामनीमा अचार बनाउने तालिमको समापन गरिएको छ । गरिवि निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत फागुन ८ गतेदेखि शुरु भएको यस तालिममा १३ जनाले सहभागिता जनाएका थिए ।
सामुहिकरुपमा अचार बनाउने उद्योग सञ्चालन गर्नु पर्नेमा जोड दिँदै बिर्तामोड नगर प्रमुख शिवाकोटीले व्यवसायिक बन्नु पर्ने बताए । यस्तै उपप्रमुख पवित्रा महतारा प्रसाईले सबै महिलाहरु आत्मनिर्भर हुनु पर्ने बताइन् ।
चुला चौकाबाट बाहिर निस्केर महिलाहरुले व्यापार व्यवसाय लगायत सामाजिक गतिविधिमा समेत सक्रिय रहन उनले सुझाव दिइन् । प्रशिक्षार्थीहरुलाई नगरप्रमुख शिवाकोटीले प्रमाणपत्रबितरण गरेका थिए । अचार बनाउने तालिमलाई वेदनिधि चापागाई र मुना दाहालले प्रशिक्षण दिएका थिए ।
नगरपालिकाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत विभिन्न प्रकारका तालिमहरु सञ्चालन गर्दै आएको कार्यक्रमकी सहजकर्ता चनिमाया तामाङले जानकारी दिइन् ।