मोरङ ।
मोरङको लेटाङ नगरपालिका–८ कि १२ बर्षीया बालिकालाई जवरजस्ती करणी गरी हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ–८ का ६४ बर्षीय दिपक गिरी रहेका छन् । पक्राउ परेका गिरीको जिल्ला प्रहरी कार्यालय मोरङले आज (आइतवार) सार्वजानिक गरेको हो ।
२०७८ फागुन ११ गते बेलुका अवेरसम्म पनि घर नफर्केकीपछि घर परिवारका सदस्यले सोही दिन इलाका प्रहरी कार्यालय लेटाङमा जानकारी गराएका थिए । १३ गते बिहान खोज तलासमा निस्किएको प्रहरी टोलीले बालिकाको घरदेखि ३ किलो मिटर दक्षिण लेटाङ–८ को लाल हिरा सामुदायिक बनमा बालिकाको शव ढुङ्गाले छोपेको अवस्थामा फेला परेको थियो ।
गिरीको घर पछाडि रहेको खोल्सीमा स्कुलको लोगो रहेको बेल्टको बक्कल र कडी, जुत्ताको सोलको भाग, ज्याकेटको बटमहरू, फरकको खिपहरू खरानीको थुप्रोमा डढेको अवस्थामा र नजिकै लाईटर समेत फेला परेको थियो ।
फाल्गुन ११ गते बेलुकी साढे ४ बजे जाँते उच्च माध्यमिक बिध्यालयबाट छुट्टी भएर लेटाङ–८ स्थित जंगलको बाटोबाट घर फर्कदै गरेको अवस्थामा गिरीले बालिकालाई एक्लैदेखि पछ्याउदै गएर बिच जंगलमा पुगेपछि फकाई फुल्याई जंगल भित्रको छोटो बाटो जाँदा छिटो पुगिन्छ भनि केही पर लगि जवरजस्ती करणी गरी घाँटी थिचि हत्या गरी नजिकै रहेको खोल्सीमा शवलाई घोप्टो पारी ढुंगाले छोपेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न गरेका पक्राउ गिरीको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।