लक्ष्मीपुर । 

झापाको कनकाई नगरपालिका वडा नं. ८ को शिव पञ्चायन मुक्तिधाम विकास समितिको ११ औं बार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन शनिवार सम्पन्न भएको छ । 

सोही अवसरमा समितिले स्थानीय दाता, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको आर्थिक सहयोगमा निर्माण गरेको समितिको सभाहलसमेत उद्घाटन गरेको थियो । समितिले स्थानीय दाता र तीनै तहको सरकारको ६५ लाख रुपैयाँको लागतमा सामुदायिक भवन निर्माण गरेको समितिका सचिव टिकाराम घिमिरेले जानकारी दिए । 

उक्र सभाहलको उद्घाटन कनकाई नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका राजेन्द्रकुमार पोखरेलले गरेका छन् । शिव पञ्चायन मुक्तिधाम विकास समितिका अध्यक्ष लेखनाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समितिका उपाध्यक्ष तुलसीप्रसाद मैनालीले गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि पोखरेल, कनकाई ८ का वडाअध्यक्ष प्रेमबहादुर कटुवाल, दाता तथा योगी लालबहादुर कार्की, लक्ष्मीपुर बजार ब्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बस्नेत, दुर्गा पञ्चायन मन्दिरका अध्यक्ष केदार चुडाल, लक्ष्मीपुर खानेपानीका अध्यक्ष लीलाबहादुर कटुवाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन समितिका सचिव घिमिरेले गरेका थिए । 

अधिवेशनले पुन : लेखनाथ दाहालको अध्यक्षतामा समिति चयन गरेको छ । समितिको उपाध्यक्ष्यमा देबीप्रसाद बस्नेत, सचिवमा टिकाराम घिमिरे, सहसचिवमा तुलसीप्रसाद मैनाली र कोषाध्यक्षमा मनिषा निरौला चयन भएका छन् । त्यसैगरी सदस्यमा दिलमाया निरौला, कमला कोइराला, बुद्धिमान चाहर र चन्द्र निरौला चयन भएका छन् । अधिवेशनले डम्बरप्रसाद भारतीको संयोजकत्वमा लेखा समिति चयन गरेको छ । लेखा समितिको सदस्यमा इन्द्रबहादुर राउत र अजय भण्डारी रहेका छन् ।