तेह्रथुम । 

जिल्ला प्रहरी कार्यालय तेह्रथुम परिसरमा रहेको नागरिक सहायता कक्ष भवनको उद्घाटन भएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुम हाता भित्र आज(शनिवार) १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले नवनिर्मित नागरिक सहायता कक्ष भवनको उद्घाटन गरेका हुन् । 

 निरीक्षणपछि कार्यक्रममा आफ्नो भनाई प्रस्तुत गर्दै प्रहरी नायव महानिरीक्षक बिसीले गाँस बासको उचित ब्यवस्था भएसँगै प्रहरी कर्मचारीहरुमा काम गर्ने थप हौसला मिल्ने बताए ।

उनले आगामी दिनमा हुन गईरहेको स्थानीयतह निर्वाचन त्रुटि रहित सम्पन्न गराउनका लागि तयारी हुन र जिल्लाको शान्ति सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन् ।