बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ का नवराज भट्टराईले स्थानीय मन्दिरलाई आर्थिक सहयोग गरेका छन् ।
भट्टराईले आफ्नो जन्मोत्सवमा बिर्तामोड–७ स्थित देवनीयाधामको शिव पञ्चायन मन्दिरको रंगरोगनका लागि ८० हजार ५ सय रुपैयाँ सहयोग गरेका हुन् ।
उनले मन्दिर सञ्चालक समितिकी अध्यक्ष रेनुका उप्रेतीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । त्यस्तै मन्दिरको भेलाले शिवरात्रीको अवसर पारेर आगामी फागुन १७ गते जेष्ठ नागरिक सम्मान कार्यक्रम गर्न लागेको समेत जनाइएको छ ।