बिराटनगर । 

जिल्ला प्रहरी कार्यालय संखुवासभा मातहतमा रहेको प्रहरी चौकी टुटे देउराली र जिल्ला प्रहरी कार्यालय तेह्रथुम मातहत रहेको प्रहरी चौकी जिरिखिम्तीको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ । 

चौकीहरुको हाता भित्र आज (शुक्रवार)  भएको कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले उक्त नवनिर्मित प्रहरी चौकीको उद्घाटन गरेका हुन् । 

 टुटे देउराली संखुवासभा र प्रहरी चौकी जिरिखिम्ति तेह्रथुमको साढे २ तले भवनको बिधिवत रुपमा उद्घाटन भएको हो ।  नेपाल सरकारबाट विनियोजित २ करोड ६ लाख ३१ हजार ३ सय ३२ रुपैयाँको लागतमा प्रहरी चौकी टुटे देउराली र प्रदेश सरकारबाट बिनियोजित १ करोड २५ लाख ९२ हजार ९४ रुपैयाँको लागतमा भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

 कार्यक्रममा प्रमुख अतिथि  प्रहरी नायव महानिरीक्षक बिसीले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्ने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रद्वारा सम्मानसमेत गरेका थिए ।