मोरङ । 

मोरङको बिराटनगर महानगरपालिका–१३ बाट भारतिय नक्कली नोटसहित तीन जनालाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पुर्णिया थान चोक ग्राम पन्चायतका ३४ बर्षीय राजु गुप्ता, मधुवनी सिपाही टोलका ३५ बर्षीय चन्दन कुमार ठाकुर र कनेला रानीपत्राका २२ बर्षीय मोहमद महसुम रहेका छन् ।

शुक्रबार (आज) बिहान साढे १० बजे बिराटनगर–१३ नहर चोक स्थितमा सिआरभि जतुवाको चेकिङ टोलीले चेकजाँचको क्रममा टेम्पोमा सवार रहेका उनीहरुको साथबाट ४८ वटा १०० रुपैयाँका भारतिय नक्कली नोट बरामद भएको हो ।

नक्कली नोटसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीले  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।