सोलु ।
सोलुको लिखुपिके गाउँपालिका–५ स्थितमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको सौरापानीका ३० बर्षीय अर्जुन थवाली मगर रहेका छन्।
बिहीवार (आज) बिहानको राती २ बजेको समयमा लिखुपिके–५ बाट एम डि दुगढ हाईड्रो पावरतर्फ जादै गरेको प्रदेश ३–०१–००३ क ६२८९ नम्वरको मिक्सचर (गिटी बालुवा घोल्ने) गाडी अनियन्त्रित भई सडकबाट १०० मिटर तल झरी दुर्घटना हुँदा चालक थवालीको घटना स्थलमै मृत्यु भएको हो ।
घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सोलुबाट आवश्यक कानुनि प्रकृया तथा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।