शिवसताक्षी । 

सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले आगलागी पिडीत संस्थाका चार परिवारलाई  राहत वितरण गरेको छ । संस्थाले दुधे सेवा केन्द्र मार्फत शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित दोमुखामा विहिबार भएको आगलागीबाट पिडीत बनेका संस्थाका ४ सदस्यहरुलाई शुक्रवार राहत वितरण गरेको हो । 

संस्थाकी सदस्य गिता थपलिया, डम्वरकुमार तुम्बा, बालिका भण्डारी र खिलाकुमारी मगरको परिवारलाई राहत वितरण गरेको सहारा साकोस दुधे सेवा केन्द्रकी प्रमुख मेनुकादेबी शिवाकोटीले जानकारी दिइन् । 

आगलागी पिडीत प्रत्येक परिवारलाई ३० केजी चामल, व्लाङकेट १ थान, चकटी १ थान, दाल २ केजी, २ लिटर तेल, चिउरा नुन, भुजिया सावुन लगायतका राहत सामाग्री वितरण गरिएको थियो । प्रत्येक परिवारलाई ३ हजार ५ सयदेखि ४ हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको छ । 

सहारा साकोसका कार्यबाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा  शिवसताक्षी वडा नं १० कि वडा सदस्य मंगलादेवि वि.कको प्रमुख आतिथ्यमा राहत वितरण गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि विक, सहारा साकोसका केन्द्रीय कार्यालयका निर्देशक लक्ष्मण खतिवडा, उप–निर्देशक दिनेशबहादुर निरौला, उप– प्रवन्धक भुमि खतिवडालगायतले संयक्त रुपमा राहत वितरण गरेका थिए । 

कार्यालय प्रमुख शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा दुधे सेवाकेन्दका कर्मचारी तथा सञ्चालन सहयोग तथा इकाई समितिको उपस्थिति रहेको थियो ।