इलाम । 

इलामको रोङ गाउँपालिका–२ मा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ–२ बरफल्याङका २७ बर्षीय सुवास नेपाल रहेका छन् ।

हिजो बिहान साढे ८ बजे घर नजिकै रहेको साजको रुखमा चढी घाँस झार्ने क्रममा लडेर घाईते भएका नेपालको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

घटना बिषयमा थप अनुसन्धान भईरहेको  जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।