सुनसरी । 

सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–७ मा खाल्डोमा जमेको पानीमा डुवेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा नरसिङ–७ का शंकर मेहेताको १५ महिनाको छोरा  रोहित मेहेता रहेका छन् ।

हिजो बिहान साढे ८ बजे भोक्राहा नरसिङ–१ स्थित मावली घरको आँगन छेउमा खाल्डोमा जमेको पानीमा डुवेर मृत अवस्थामा उनकीआमाले फेला पारेकी थिइन् ।

घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।