झापा ।
झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित दोमुखामा भएको आगलागी दुईजना घाइते भएका छन् । आगलागीमा परेर ४३ कि बालिका भण्डारी र छोरी बर्ष १४ कि अस्मिता भण्डारी घाइते भएका थिए भने उनीहरुको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
बिहीवार शिवसताक्षी–१० मा दोमुखा पर्यटन बोर्डले बनाएको टिनको छाना, ईटा र सिमेन्टको पर्खालले बनेको १० कोठा भएको १ तले भवनमा बिजुली सर्ट भई अचनाक आगलागी हुँदा सोहि भवनमा भाडा गरी बस्ने घाईते भएका थिए ।
सोही घरमा होटल सञ्चालन गर्ने शिवसताक्षी–१० दोमुखाका हरि भण्डारी, जय थपलिया, किशोर पुङ्थेवा, डम्बर मगरको होटल र सोही भवनमा रहेको दोमुखा युवा क्लबको अफिस पुर्ण रुपमा जली नष्ट भएको थियो ।
आगलागी दमक नगर, कमल गाउँपालिका र बिर्तामोड नगरको दमकल, प्रहरी र स्थानियको सहयोगमा समयमा पूर्ण रुपमा नियन्त्रणमा आएका थियो । क्षतिको बिवरण आइनसकेको र सो घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।