बिर्तामोड ।
झापाको बिर्तामोड–४ को इन्द्रेणी महिला समाज झापाको ७ दिने उद्घोषण तालिम शुरु भएको छ ।समाजद्धारा आयोजित तालिमको उद्घाटन बिर्तामोड नगरपालिकाकी उपमेयर तथा कार्यक्रमकी प्रमुख अतिथि पवित्रा महतरा प्रसाईले बिहीवार (आज) गरेकी हुन् ।
समाजकी अध्यक्ष इन्दु खवासको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि नेकपा माओबादी केन्द्र झापा सचिवालय सदस्य बासु दुलालको रहेको थियो ।
पत्रकार भिमा शिवाकोटी प्रशिक्षक रहेको तालिममा २३ जना महिलाहरुको सहभागीता रहने जनाइएको छ । कार्यक्रमको सञ्चालन समाजकी सचिब खिलकुमारी मिश्रले गरेकी थिइन् ।