झापा । 

झापाको अर्जुनधारा नगरपालिका –९ कार्की डाडा स्थित भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थान बस्ने ७८ बर्षीया शिवमाया दाहाल रहेकी छन् । हिजो बेलुका ८ बजे दक्षिणबाट उत्तरतर्फ जादै गरेको प्र– १ –०१–०१२ प ५९९८  नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेकी दाहाललाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते दाहालको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती सँवा १२ बजे मृत्यु भएको हो ।

मोटरसाईकल प्रहरी चौकी शनिश्चरेको नियन्त्रणमा रहेको छ भने चालक झापा बुद्धशान्ति गाउपालिका –१ भोटेटारका २१ बर्षीय प्रेम गुरुङ फरार रहेकाले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।