मोरङ । 

मोरङको जहदा गाउँपालिका –७ सिरसिया बस्ने महेश हस्दाको छोरा ३० महिनाको रबिन हस्दा पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

हिजो दिउसो साढे २ बजे आफ्नै घर अगाडी धाराको पानी जमेको खाल्डोमा डुबेर बेहोस अबस्थामा उनकै बुबाले फेला पारी उपचारको लागि कोशी अस्पताल विराटनगर लगेका थिए । घाईते बालकको उपचारको क्रममा हिजो बेलुका ५ बजे मृत्यु भएको छ ।

घटना सम्बन्धका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।