झापा । 

झापाको बिर्तामोडको दुई स्थानबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका –४ का १९ बर्षीय अब्दुल अन्सारी र बिर्तामोड नगरपालिका–४  का १९ बर्षीय उतम बर्देवा रहेका छन् ।

हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय अनामनीको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ पश्चिम स्टेण्डबाट अब्दुल अन्सारीलाई ब्राउन सुगर ५ ग्राम र हिजै बेलुका साढे ४ बजे प्रहरी चौकी बिर्ताबजारको प्रहरी टोलीले उतम बर्देवालाई घरैबाट ब्राउन सुगर ८०० मिलिग्रामसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय अनामनीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।