सुनसरी । 

सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारी स्थित पुर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा  कोशी गाउँपालिका–८ का ६० बर्षीय भरत सहनी रहेका छन् ।

हिजो बेलुकी पौने ५ बजे  प्रदेश २–०३–००१ नम्वरको ट्रकको ठक्करबाट घाईते भएका साईकल यात्री सहनीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालक सर्लाही लालबन्दीका ५४ बर्षीय लासाङ दोर्जे जिम्वालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।