मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका १२ स्थितबाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिराटनगर १२ का कुनाल सिंह रहेका छन् । हिजो बेलुकी पौने ५ बजे बिशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चेकजाँचको क्रममा सिंहलाई ब्राउन सुगर ३२ ग्राम, डिजिटल तराजु १ थान , को ३३ प ३३१४ नम्वरको मोटरसाईकल सहित नियण्त्रणमा लिएको हो ।
प्रतिवन्धित ब्राउन सुगर सहित पक्राउ परेका सिंहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।