दुधे ।
झापाको शिवसताक्षी उद्योेग वाणिज्य संघको आगामी फागुन १८ गते हुने निर्वाचनका लागि उम्मेद्वारले प्रचारप्रसारलाई तिब्र पारेका छन् । आगामी ४ वर्षको नयाँ नेतृत्वका लागि उम्मेद्वारहरु चुवावी प्रतिस्पर्धामा उत्रिका हुन् ।
उद्योगी व्यवसायी विच सहमती हुन जुट्न नसकेपछि वाणिज्य संघमा दुइटा प्यानल खडा गरी उम्मेद्वारले चुनाबी प्रचारप्रसारलाई तिब्र बनाएका छन्।
नेपाली कांग्रेस, नेकपा माओबादी र एकीकृत समाजबादीको संयुक्त गठबन्धनको प्यानलको लोकतान्त्रिक र प्रगतिशिल समुहको अध्यक्ष पदको उम्मेद्वारमा यामनाथ काफ्ले छन् । अध्यक्ष पदका उम्मेद्वार काफ्ले दुधेका व्यवसायी हुन् । काफ्ले खाद्यय भण्डारका प्रोपाइटर हुन् ।
जम्मा मतदाता एकहजार २ सय ७१ रहेको वाणिज्य संघको फागुन १४ गते संघको साधारण सभा सकिएपछि १८ गते निर्वाचन प्रकृयाबाट नेतृत्व चयन हुने बताइएको छ ।
शिवसताक्षी उद्योग वाणिज्य संघमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष २ पद हुने व्यवस्था छ । उपाध्यक्ष पदमा एक जना उद्योग र अर्का एक जना वाणिज्य विधाबाट उमेद्वारी बन्नेछन् । यस्तै महासचिव १, सचिव २ र कोषाध्यक्ष १ पद रहेको छ । ९ सदस्य पद मध्ये ६ वटा खुल्ला र ३ महिला कोटा रहेको अध्यक्ष भोला मैनालीले जानकारी दिएका छन् ।
अध्यक्ष पदका उम्मेद्वार काफ्लेले सवै समिति र व्यापारीको सल्लाह सुझाव अनुसार शिवसताक्षीमा घटिरहेको व्यापारलाई नयाँ ढंगबाट अगाडि बढाइने बताएका छन् । अवको समितिले व्यापारी व्यवसायीको हितमा निर्यायक भूमिका खेल्ने उनको भनाई छ ।
अर्को प्यानलबाट एमाले निकटका व्यापारी राम नरेश शर्माले अध्यक्ष पदको उम्मेद्वारी दिएका छन् ।