मोरङ । 

मोरङको सुन्दरहरैचा नगरपालिका–१९ बिराटचोकमा संचालित नेति फर्मा र  डे – ड्रिम मेडिसिन सेन्टरका संचालकलाई ठुलो परिणामको अबैध औषधी सहित प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई पक्राउ गरे संगै उक्त औषधी खरिद गरी लागुऔषधको रुपमा प्रयोग गर्ने अन्य ७ जना समेत पक्राउ परेका छन् । उक्त दुईवटा मेडिकलबाट चिकित्सकको अनुमती बिना अबैध रुपमा महङगो मुल्यमा  लागूऔषध दुर्ब्यसनीमा लागेका ब्यक्तिहरुलाई औषधी अनाधिकृत रुपमा बिक्री बितरण गरिरहेको भन्ने  सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलाय बिराटनगरको आरआइटी समुह र ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले हिजो सोमवार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मेडिकल संचालक सुन्दरहरैचा नगरपालिका–१० का ४५ बर्षीय सुशिल काफ्ले र उनकी श्रीमती ३२ बर्षीया गोमा कार्की तथा  सेवन कर्ताहरु सुन्दरहरैचा–१ का २३ बर्षीय सनम खवास, सुन्दरहरैचा–१० का ३० बर्षीय अरुण राई, ३५ बर्षीय सनम तामाङ, सुन्दरहरैचा–९ का २४ बर्षीय सुवास राई, २२ बर्षीय जुसन सुनाम, ३१ बर्षीय निमेष परियार र ३४ बर्षीय अनुप खड्का रहेका छन् ।

उक्त दुईवटा मेडिकलबाट प्रहरीलेSPASPAIAN- 44,370  चक्की, ANTI KOF- 17,620 चक्की, NEAURIN-75- 18,923 चक्की, PRE-Z-75- 1,200 चक्की र APABALIN-75-14,600 चक्की बरामद गरेको छ । यसरी अनाधीकृत रुपमा दुर्ब्यसनीमा लागेका ब्यक्तिहरुलाई औषधी बिक्री बितरण गर्ने दुबै मेडिकल संचालकलाई ठूलो परिणामको औषधीहरुसहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।