मोरङ । 

उदयपुरको कटारी नगरपालिका–८ श्रृष्टीको जंगलमा फागुन ७ गते मृत फेला परेका एक ब्यक्तिको हत्या भएको पुष्टी भएको छ । हत्यामा संग्गल्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलश्रोतका २८ बर्षीय कमल थापा भनिने कमल बिक रहेका छन् । जंलगमा मृत फेला परेका ब्यक्ति भारतको राजस्थानका ५० बर्षीय राम किसन मिणा भएको खुल्न आएपछि बिकलाई पक्राउ गरिएको हो ।

 बिकले मिणालाई माघ २५ गते घाँटीमा डोरीले कसेर हत्या गरेको खुल्न आएको छ । मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बिचको डास खोलामा निर्माणाधिन रहेको पुलमा पायलिङ मेशिनको काम गर्दै आएका भारतिय नागरीक मिणा माघ २६ गते देखी सम्पर्क विहिन भएको  पिडितका परिवारले ईलाका प्रहरी कार्यालय पथरीमा हुलिया निवेदन दिएका थिए । निवेदन परेपछि प्रहरीले खोजतलास शुरु गरेको थियो ।  प्रहरी टोलीले फागुन ९ गते पथरी–८ बाट बिकलाई पक्राउ गरेको हो । बिकलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा लेनदेनको बिषयमा बादबिबाद हुँदा मिणाको हत्या गरेर जंगलमा फालेको स्विकार गरेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । 

पुलको ठेक्का पट्टा गर्ने बिक र  मृतक मिणा बिच  पुलको पिलरको जग खन्ने मेसिन ल्याई काम काज गर्ने भनी सम्झौता भए अनुसार बिगत डेढ महिना देखी मोरङको डास खोलामा काम गर्दै आई रहेका थिए ।  काम गर्ने क्रममा माघ २३ गते कमल बिकको बिरगंजमा रहेको अर्को साईड हेर्न भनी मृतकले प्रयोग गर्दै आईरहेको द्यच्(ण्ज्ञ(द्यऋ(छटढठ नम्बरको गाडीमा दुवै जना बिरगंज गएको र उक्त स्थानमा पुगी माघ २५ गते फर्कने क्रममा बिकको घर कटारी जादै गर्दा बाटोमा लेनदेन सम्बन्धी बिबाद भएको थियो ।

 बादबिबादकै क्रममा मादक पदार्थ समेत सेवन गरेका बिकले रिसको आवेगमा मिणाको घाँटीमा केवल तारको डोरीले कसेर हत्या गरेको र हत्यापछि शवलाई सोही गाडीको डिकीमा ओढ्नेले छोपेर कटारी भन्दा ३० किलो मिटर माथी जंगलमा लगेर फालेको खुल्न आएको छ । 

 शवलाई जंगलमा फालेर फर्किएका बिकले मृतकले प्रयोग गर्ने मोवाइल फोन कोशी नदिमा फालि दिएको तथा उक्त नम्बरको गाडी भारतिय बजार भिमनगर लगेर बेवारीसे अवस्थामा छोडेर फर्किएको समेत खुल्न आएको छ ।  दुबै जनासँगै गएको र फर्कदा एक जना मात्र फर्किएकोमा अन्य ब्यक्तिहरुले सोधपुछ गर्दा समान लिन भारततर्फ गएको बताउँदै आएका थिए भने लामो समयसम्म सम्पर्कमा नआएपछी मृतकका परिवार खोजतलास गर्दै ईलाका प्रहरी कार्यालय पथरीसम्म आएपछि घटनाको रहस्य खुल्न आएको  प्रहरीले जनाएको छ ।  घटना खुलेपछि ईलाका प्रहरी कार्यालय कटारीले फागुन ७ गते फेला पारेको शव  

 शंकित कमल बिकले प्रहरी समक्ष हत्या गरेको स्विकारे र उक्त स्थानमा घटना भए नभएको भनी ईलाका प्रहरी कार्यालय कटारीसँग समन्वय गर्दा पहिचान नखुलेको शव बेवारीसे अवस्थामा  २÷३ दिन पहिला फेला परेको र उक्त लासको फोटो समेत झिकाई मृतकका आफन्तलाई सनाखत गराउदा आफ्नै मान्छेको हो भनी सनाखत गरिदिएसंगै  कमल थापा भन्ने कमल बिकलाई थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि ईलाका प्रहरी कार्यालय कटारीतर्फ पठाईएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।