सुनसरी ।
सुनसरीको हरिनगरा गाउँपालिका–३ की निलमकुमारी रामकी १ बर्षीया छोरी सुस्मिता कुमारी रामको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
बालिका सोमवार दिउँसो २ बजेको समयमा घर छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अबस्थामा भेटिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोली घटना बिषयमा थप अनुसान्धान गरिरहेको प्रहरीले जनाएको छ ।