बिराटनगर ।
सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट चोरीमा संग्लग्न रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र–८ सुनसरीका २७ बर्षीय अटल राई, शिवसताक्षी नगरपालिका–९ का २१ बर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका–६ का २७ बर्षीय दिलिप लिम्बु रहेका छन् ।
राईलाई धरानकी टिनु बज्राचार्यको को ३१ प २४४ नम्बरको स्कुटर चोरी गरेको आरोपमा चोरी भएको स्कुटरसहित बराहक्षेत्र–६ बाट पक्राउ गरेको हो । मंसिर ३ गते धरानबाट हराएको उक्त नम्बरको स्कुटर खोजतलास गर्ने क्रममा फाल्गुन ८ गते स्कुटरसहित राई पक्राउ परेका हुन् ।
त्यसैगरी माघ १८ गते मोरङको सुन्दरहरैचा नगरपालिका–९ मा सुर्य कट्टेलले संचालन गर्दै आएको किराना पसलमा चोरी गरी फरार रहेका भण्डारी र लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलवारीको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो ।
पसलमा बिक्रीको लागि राखिएको रिचार्ड कार्ड लगायत अन्य समानसहित १ लाख ५० हजार बराबरको समान चोरी भएको सूचना पाएपछि खोजतलास गर्ने क्रममा दुबै जना पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट प्रहरीले ४९ हजार ८ सय बराबरको रिचार्ज कार्ड र नगद २५ हजार रुपैयाँ समेत बरामद गरेको छ । चोरीको आरोपमा पक्राउ परेका उनीहरुको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।