झापा । 

झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ५ ले सेनेटरी प्याड निर्माण तालिम शुरु गर्ने भएको छ ।  वडा नं. ५ को आर्थिक बर्ष २०७८÷०७९ सिलिङ बजेट असी हजार रुपैयाँबाट स्थानीयस्तरमै सेनेटरी प्याड निर्माण तालिम शुरु गर्न लागिएको  वडा नं. ५ का वडासचिब तथा  सूचना अधिकारी भजन संग्रोलाले जानकारी दिए ।

वडा नं. ५ क्षेत्र भित्रका बिपन्न परिवार,आदिवासी, जनजाति, दलित, लोपोन्मुख, मधेसी, पिछडावर्गका महिलाहरुलाई प्राथमिकता राखेर सात दिने तालिम सञ्चालन गरिने उनले बताए । 

७ दिनसम्म सञ्चालन हुने तालिममा २५ जनाको प्रशिक्षार्थी सहभागी गराउने लक्ष्य रहेको छ । तालिममा सहभागी हुनेले फागुन १५ गते भित्रमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र निबेदन वडा कार्यक्रममा दर्ता गर्न वडाले आव्हानसमेत गरेको छ ।