झापा ।
झापाको कचनकवल गाउँपालिका वडा नं. ५ डाँगाबारीबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बनियानी र पाठामारी प्रहरी चौकीको प्रहरी टोलीले भारतीय सिमा नाकाबाट नेपालतर्फ आउदै गरेको प्र १–०१–०१३ प ७९७४ नं. को मोटरसाइकलमा शंका लागि चेक जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिर्तामोड–२ सैनिक मोड बस्ने वर्ष २८ को सरोज भट्टराई र सोहि मोटरसाइकलमा पछाडी सवार बिर्तामोड–९ बस्ने वर्ष २० को विशाल बुढाथोकीलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ ५ ग्राम फेला परेको थियो । पक्राउ गरिएको उनीहरुलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रकृया तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।