सुनसरी ।
सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ५ स्थित पुर्व पश्चिम राजमार्गमा एम्वुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका ५ कि ३८ बर्षीया निर्मला उराव रहेकी छिन् । हिजो बेलुकी सवा ४ बजे प्रदेश २ ०१ ००१ झ ००२८ नम्वरको एम्वुलेन्सले प्रदेश १ ०२ ०४१ प २१५५ नम्वरको स्कुटरलाई ठक्कर दिदा घाईते भएकि उरावको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो ।
ठक्कर दिने एम्वुलेन्स र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।