मोरङ ।
मोरङको केरावारी गाउँपालिका–८ को हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ बर्षीय बाबुराम भट्टराईको हत्या भएको खुलासा भएको छ ।
उक्त घटनामा संग्लग्न केरावारी गाउँपालिका–३ का ३५ बर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरेसँगै हत्या भएको खुलेको हो । माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भट्टराईको शव फेला परेको थियो । घटनास्थलमा प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी सुक्ष्म रुपमा गहन अनुसन्धान शुरु गरेको थियो ।
अनुसन्धानको क्रममा भट्टराई पौष २७ गते देखी नै बेपत्ता भएको र पौष २८ गते लिम्बुसँग बादबिबाद भएको तथा लिम्बुले फलामको रड प्रयोग गरेर भट्टराईको हत्या गरेको खुल्न आएको थियो ।
हत्या गरी घटनालाई ढाकछोप गर्न खाल्डो खनेर गाडेको भन्ने खूल्न आएपछि लिम्बुलाई पक्राउ गरेको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।