खोटाङ ।
खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवन भरतपुर महानगर पालिका–६ घर भई खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१ बर्षीय दिपक ढुंगाना रहेका छन् । हिजो बेलुकी साढे ४ बजे प्रदेश ३–०२–००७ प ५३३३ नं. को मोटर साईकल अनियन्त्रित भई दुर्घटना हुदा पछाडि सवार रहेका ढुंगाना घाईते भई उपचारको लागि काठमाडौं तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
मोटरसाईकल चालक खोटाङ ऐसेलुखर्क–३ का हुलास गुरुङलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।